१६ श्रावण २०८३, शनिबार 1785584478
Banner

गोविन्द केसीसहित ७ जना प्रकाउ

काठमाडौं । प्राडा गोविन्द केसीसहित ७ जनालाई माइतीघरबाट प्रहरीले प्रकाउ गरेको छ। निषेधाज्ञा तोड्ने प्रायस गरेपछि उनीहरूलाई प्रहरीले प्रकाउ गरेको जनाइएको छ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन,नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै माइतीघरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले प्रकाउ गरेको हो ।