काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।आज बसेको पदाधिकारी बैठकले पार्टीको भागमा परेको ६ सिटका लागि उम्मेदवार तय गरेको हो ।
बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लगाएको हो । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।