१९ असार २०८३, शुक्रबार 1783087300
Banner

राष्ट्रियसभा निर्वाचन माओवादीकी रेनु चन्दले गराइन् उम्मेदवारी दर्ता

धनगढी – नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन्। सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय पुगेर चन्दले उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको समर्थकमा उद्योग राज्यमन्त्री गीता माला र प्रस्तावकमा प्रदेश सभा सदस्य जानकी देवी कुवर रहेका छन्। चन्द पूर्वसंविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम गठबन्धनबाट माओवादीकी चन्दसँगै कांग्रेसका नारायण दत्त भट्ट र बलदेव बोहरा उम्मेदवार बनेका छन्।