४ भदौ २०८३, बिहिबार 1787224627
Banner

राष्ट्रियसभा सदस्य निवार्चनका लागि एमाले बागमतिका उम्मेदवारले गरे मनोनयन दर्ता

हेटौंडा । माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निवार्चनका लागि नेकपा एमालेका उम्मेदवारहरूले हेटौँडामा उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका तर्फबाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन्। महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

चार सिट रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन्।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न पाइनेछ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।