१४ श्रावण २०८३, बिहिबार 1785413139
Banner

कोशीको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन हुनु भएको छ।  

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो।

प्रदेशसभा बैठकमा विष्टकाे एकल उम्मेदवारी परेकाे भन्दै उपसभामुख दनुवारले निर्विरोध निर्वाचित गरेकाे घाेषणा गर्नुभयो।

राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेशमा लामो सयम सभामुख पद रिक्त थियो ।