काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको बुढानीलकण्ठ हात्तिगौंडाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले पुष्टि गरे ।
उनले भने “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।”
बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । बम्जनमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसागरेको आरोप छ । सीआईबीले बम्जनको खोजी गरिरहेको थियो ।
यसअघि प्रहरीले पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती तथा असार २०७७ मा कमलामाई नगरपालिका रहेकाे बम्जनको आश्रममा छापा समेत मारेको थियो ।