९ मंसिर २०८१, आइतबार 1732491891
Banner

एमालेको प्रस्ताव–टीआरसीलाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनुपर्छ

काठमाडौँ – नेकपा एमालेले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी) लाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको छ । आज बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेले यस्तो प्रस्ताव गरेको हो ।

बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले टीआरसी विदेयक सहमतिमै टुंग्याउन सकिने बताउनुभएको हो । उहाँले सहमति हुन नसके मात्रै बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गर्नुभएको छ । 

विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने भन्दै उहाँले त्यसमा एमालेले अवरोध नगर्ने बताउनुभयो । एमालेले अवरोध गरिरहेको छ भनेर प्रचार नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो,‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं । तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ ।’

सचेतक बर्तौलाले विगतमा टाउकाको मूल्य तोक्ने र तोकिमाग्नेहरु सरकारमा रहेकाले मिलिजुली कानुन बनाए भन्ने सन्देश नजाओस् भन्नेतर्फ आफूहरु सचेत रहेको बताउनुभयो ।