८ मंसिर २०८१, शनिबार 1732415462
Banner

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका १ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको स्रोतले बताएको छ । स्रोतका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ।

यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।