काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित हुनु भएको छ ।
रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए ।
निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ ।
बिहीबारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरु यी हुन् :
कोशी
१. रुक्मिणी कोइराला-एमाले-महिला
२. कृष्ण सिटौला-कांग्रेस-अन्य
मधेश
३. पूजा चौधरी-जसपा-महिला
४. आनन्द ढुंगाना-कांग्रेस-अन्य
वाग्मती
५. विष्णुदेवी पुडासैनी-कांग्रेस-महिला
६ घनश्याम रिजाल-एकीकृत समाजवादी-दलित
७. जीतजंग बस्नेत-कांग्रेस-अन्य
८. श्रीकृष्ण अधिकारी-माओवादी-अपांगता
गण्डकी
९. मनरुपा शर्मा-माओवादी-महिला
१०. किरणबाबु श्रेष्ठ-कांग्रेस-अन्य
११. पदमबहादुर परियार-कांग्रेस-अपांगता
लुम्बिनी
१२. विष्णुकुमारी सापकोटा-कांग्रेस-महिला
१३. झक्कुप्रसाद सुवेदी-माओवादी-अन्य
कर्णाली
१४. सावित्री मल्ल-एकीकृत समाजवादी-महिला
१५. कृष्णबहादुर रोकाया-कांग्रेस-अन्य
१६. विष्णु विक-माओवादी-दलित
सुदूरपश्चिम
१७. रेनु चन्द-माओवादी-महिला
१८. नारायणदत्त भट्ट-कांग्रेस-अपांगता
१९. बलदेव बोहरा-कांग्रेस-अन्य