९ मंसिर २०८१, आइतबार 1732439865
Banner

शान्तिप्रकृयाका बाँकी काम टुंग्याउने बिषयमा छलफल भयो : अध्यक्ष ओली


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको बताउनुभयो । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भन्नुभयो, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’

सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे सञ्चारकर्मीको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बहुमतले किन पास गर्नुपर्‍यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि ’