९ मंसिर २०८१, आइतबार 1732433243
Banner

अरुण चौधरी र थापालाई चिराउबाट ग्राण्डी अस्पताल लगियो

काठमाडौँ । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) स्रोतका अनुसार शुक्रबार उनीहरुलाई चिरायुबाट ग्रान्डी लगिएको हो। चिरायुले रिफर गरेपछि ग्रान्डी लगिएको सीआईबी स्रोतले बतायो।

अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण । बाँसबारी जग्गा प्रकरणमा चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पनि सीआईबीले पक्राउ गरेको छ ।