८ कार्तिक २०८३, आइतबार 5:41 pm
Banner

एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी पूरा भएको छ।

भोलिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो।

तेस्रो संस्करणमा क्यानले ७० करोडको कारोबार हुने आशा राखेको छ। यस संस्करणमा २० करोड आम्दानी हुने अनुमान क्यानको छ।

क्यानका अनुसार तेस्रो संस्करणको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। त्यसैगरी दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ३० लाख पुरस्कार पाउनेछ।