७ मंसिर २०८१, शुक्रबार 1732328521
Banner

विमानस्थलमा कार्यरत डीआईजी ठकुरीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिनुभएको छ ।

विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिनुभएको हो ।

गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पूरा गरेर राजीनामा दिनुभएको हो । तर, उहाँले किन राजिनामा दिनुभयो ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।

पछिल्लो समयमा बढ्दो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बीचमा भइरहेका असहमति र विवाद देखा परेको थियो । उक्त घटना भएका दिन डीआईजी ठकुरीमा बिदामा थिए ।