२७ जेष्ठ २०८३, बुधबार 1781114315
Banner

आज देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना

काठमाडौं । आज देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा आइतबार सुदूरपश्चिम प्रदेशका साथै कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षा र हिमपात हुने सम्भावना रहेको छ।

मौसम प्रणालीको असरले तापक्रम अझ घट्ने र चिसो बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपानाउ महाशाखाले जनाएको छ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।