काठमाडौ । काठमाडौंको तिनकुने सुविधानगरमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले दुई दिने ‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ कार्यक्रमको आयोजना गरेको छ ।

युवा विद्यार्थीहरूलाई शिक्षाका साथै साहित्य, संगित र राजनीतिमा समेत अब्बल बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त फेस्टिबल कार्यक्रममा शुक्रबार विभिन्न बिधामा बहस र छलफल भएको छ ।
कार्यक्रमको पहिलो दिन आज पुर्व प्रधानमन्त्री डा. बाबुराम भटटराई, गायक प्रकाश सपुत, वैज्ञानिक युवा सांसद सिके राउत, सिनेकर्मी दिया मास्के, संगितकार गैरे सुरेशले आफना भनाइ राखेका थिए साथै पत्रकार दिपक सापकोटा, वसन्त बस्नेतले मोडरेटरको भुमिका निभाएका थिए । कार्यक्रममा देश किन फर्किने ? भन्ने बिषयमा कलेजका विद्यार्थीले डा. बाबुराम भटटराई र सिके राउतलाई कडा प्रश्न सोधेका थिए । जवाफमा डा सिके राउतले अध्ययनका सिलसिलामा जुनसुकै देश गएपनि अध्ययनपछिको प्रयोग आफनै देशमा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गायक प्रकाश सपुतले आफनो समयको संघर्ष, सफलताको कहानी सँगै युवा विद्यार्थीलाई चर्चित गितहरु गाएर मनोरञ्जन गराएका थिए ।

हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज शिक्षा क्षेत्रमा चर्चित ब्रान्ड बनिसकेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज २३ वर्षअघि स्थापना भएको हो । यस कलेजले म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर छुट्टै छाप छोड्न सफल भएको छ । ‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल कार्यक्रममा भोलिपनि चर्चित व्यक्तित्वहरु सहभागि हुने बताईएको छ ।




