४ भदौ २०८३, बिहिबार 1787286074
Banner

क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा पनि नेपालले जित हासील गरेपछि नेपाल एक खेल अगावै क्यानडासँगको एक दिवसीय सिरिजको उपाधि जितेको छ ।

दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गर्दै एक दिवसीय सिरिजको उपाधि जितेको हो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो । शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५ ओभरमा भेट्टाउन सफल भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ८७ बनाए । पौडेलले १०० बलमा ८७ रन जोडेर आउट भएका थिए।

त्यस्तै देव खनाल पनि ८१ बलमा ७६ रन बनाउँदै आउट भएका थिए उनी ३४औं ओभरको पाचौं बलमा हर्ष थक्करको हातबाट आउट हुन पुगे । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । त्यस्तै नेपालका लागी भीम सार्की २३ रन र पवन सराफले १४ रन जोड्न सफल भए ।