११ भदौ २०८३, बिहिबार 1787887384
समाचार

वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइयो

काठमाडौं : पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइएको छ। 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जानकारी दिएका छन्। १० बजेपछि भने कर्फ्यू यथावत् रहने सूचनामा उल्लेख छ।

रौतहटमा भएको झडपको विषयमा दिउँसो प्रदर्शन भएपछि हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासनले सोमबार अपराह्न ५ बजेदेखि वीरगञ्जका केही भागमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो । 

 वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लगाइएको हो।