८ मंसिर २०८१, शनिबार 1732349126
Banner

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौं– एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा(११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २(१ ले जित्यो । पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो । आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा(११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए ।

नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए ।

त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।