१६ असार २०८३, मंगलबार 1782849484
Banner

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।

नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन-तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।