१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 5:49 pm
Banner

युट्युबर शर्मिला वाइबा पक्राउ

सूचना प्रेस २०८० फाल्गुन १६ बुधबार ००:००, १७:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने युट्युबर शर्मिला वाइबा पक्राउ पर्नुभएको छ ।

कुटपिट तथा अङ्गभङ्गको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा उहाँलाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको हो।

शर्मिलासहितका व्यक्तिले कुटपिट गरेको भन्दै पवन केही दिनअघि अनुहारमा घाउ लिएर मिडियामा आउनुभएको थियो ।