१० मंसिर २०८१, सोमबार 1732533739
Banner

आज १७ मन्त्रीले शपथ लिर्दै, कुन पार्टीबाट को ?

काठमाडौं । सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ भने नेकपा माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएको छ।

गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) पनि छ। तर उसले अहिलेसम्म हुने मन्त्रीहरूको नाम दिइसकेको छैन। जसपा सरकारमा आउन आलटाल गरिरहेको छ ।

कुन पार्टीबाट को मन्त्री ?

नेकपा एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री

२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

माओवादी केन्द्रबाट

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२। वर्षमान पुन, अर्थमन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
रहेका छन् ।