१० श्रावण २०८३, आइतबार 1785122812
खेलकुद

आईपीएलः राजस्थानमाथि गुजरातको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ३७ रनको जित हात पारेको छ।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो। गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित ८७ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो।

गुजरातका लुकी फर्गुसनले र यास दयालले ३–३ विकेट लिए।

यससँगै गुजरात ५ खेलबाट ८ अंक जोड्दै लिगको शीर्षस्थानमा उक्लिएको छ।