५ आश्विन २०८३, सोमबार 1790045326
Banner

हङकङविरुद्ध नेपाललाई करणले दिलाए पहिलो विकेट

काठमाडौं । करण केसीले लिए पहिलो बलमा पहिलो विकेट लिएका छन्। केसीको बलमा गुलशन झाले क्याच गर्दा मार्टिन कोट्जे आउट भएका हुन्। त्रिकोणात्मक श्रृङ्खलामा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको छ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ।

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी-२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।