५ आश्विन २०८३, सोमबार 1790053494
Banner

सुनको मुल्यमा नयाँ रेकर्ड, १ लाख २६ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले दिनानुदिन रेकर्ड कायम गरिरहेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आइतबार पुनः रेकर्ड कायम गरेको हो।

आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको छ। आज बढेसँगै प्रतितोला छापावाला सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।