१८ असार २०८३, बिहिबार 1783049377
Banner

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा प्रधानमन्त्रीका भाइ नारायण दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्षका लागि माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले उनलाई अध्यक्षमा अगाडि सार्ने भएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए। ‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ ।’फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति भएको थियो ।

यो सँगै माओवादीबाट तीन पात्र अगाडि सारेको थियो तर प्रचण्डको चाहनामा दाहाल थिए । स्थायी कमिटी बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र हालका राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको नाम चर्चामा थियो तर दाहालको नाम फाइनल भएको हो । यता सिनियर नेताहरुरले भने नारायण दाहाललाई नै अध्यक्ष बनाउनुपर्ने मत जाहेर गरेका थिए । दाहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

अध्यक्ष प्रचण्ड निकट नेताले भने, ‘सिनियर र अवसर नपाएका नेता हुनाले दाहाल आउनु भएको हो ।’ नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादीले उठाएको उम्मेदवारलाई भोट हाल्नुपर्ने गठबन्धनको निर्णय छ । उनको पक्षको मत भार पनि बलियो छ ।