८ मंसिर २०८१, शनिबार 1732346038
समाचार

नबिल बैंककी ट्रेजरी हेड विनिशा एडिबीबाट सम्मानित

काठमाडौं । नबिल बैंकको ट्रेजरी एन्ड करस्पोडेन्ट बैंकिङ हेड विनिशा श्रेष्ठ एसियन डेभलमेन्ट बैंक (एडिबी) बाट सम्मानित भएकी छिन् । विनिशा एडीबीको ट्रेड फाइनान्सिङ ग्लोबलको विमन इन ट्रेड ट्रेजरी पेमेन्टबाट सम्मानित भएकी हुन् । नबिल एडिबीको साझेदार पनि हो ।

२८ वर्षदेखि नबिल बैकमा कार्यरत श्रेष्ठले विश्वभरका ७० जना महिलालाई पछि पार्दै सो सम्मान हात पारेकी हुन् । एडिबीबाट सम्मान पाउने श्रेष्ठ सम्भवत पहिलो नेपाली बैंकर हुन् । एडिबीको ट्रेड फाइनान्सिङ ग्लोबलले प्रत्येक वर्ष महिलालाई प्रोत्साहनको कार्यक्रम गर्दै आएको छ ।

त्यसमा महिलालाई व्यापार, टे«जरी र भुत्तानी क्षेत्रमा कार्यरत महिलालाई सम्मान गर्दै आएको छ। ‘फिल्डमा काम गरिरहेका महिला नबिल बैंकबाट नोमिनेसन मागेको थियो । त्यसमा हाम्रो संस्थाले मलाई लामो समय यो फिल्डमा काम गरिरहेको र टेरिजरी विभागमा प्रमुख भएर काम गरेको हुनाले पहिचान गरेर संस्थाले मलाई पठायो’ उनले भनिन् ।

‘विश्वभरका ७० महिला मध्येबाट नोमिनेसनमा नेपालबाट म मात्र छनोट भए । यसमा नबिलले मलाई नोमिनेसन गरेर पठाएर मैले सम्मान पाएँ । त्यसैले मलाई एकदमै खुशीको अनुभव भईरहेको छ’ उनले भनिन् ‘जुन लामो समय मैले व्यापार र टे«जरी फिल्डमा काम गरे त्यसकै सम्मानको रुपमा मैले यसलाई लिएको छु ।’ उनी नबिल बैंकमा प्रवेश गरेको २८ वर्ष भइसकेको छ । आइएस्सी सकेपछि उनले विदेश जाने सोच नबनाएकी हैनन् । तर, नबिल बैंकले उनको विदेश जाने सोचलाई ‘यूर्टन’ गरिदियो र उनी नेपालमै वस्ने निर्णयमा पुगिन् ।

उनी भन्छिन् ‘नबिल बैंकमा जागिर नखाएको भए म अहिले विदेशमा हुन्थे होला ।’ आइएस्सी सकिएपछि एक विदेशी लगानीको बैंकका लागि जुनियर असिस्टेन्ट चाहिएको रहेछ । उनले जागिर खानका लागि निवेदन दिइन् । उनी छनौट भइन् । सन् १९९५ डिसेम्बरदेखि तत्कालिन नेपाल अरब बैंक हालको नबिल बैंकमा प्रवेश गरिन् । पढिरहदा बैंक क्षेत्रमा नै लाग्छु भने उनले सोचेकी थिइनन् ।

जुनियरबाट हुँदै विनिशा आज ट्रेजरी विभागको हेड भएकी छिन्् । ‘नबिलले पद र पैसा दुवै दिएको छ । दुःखमा पनि साथ दिएको छ । त्यही भएर धेरै अफर आउँदा पनि नबिल बैंक छाडिन्’ उनले भनिन् ‘म लामो समय हुनुमा नबिलको ठूलो भुमिका छ ।’

अहिलेको अवस्थामा १२ पास गरेपछि सबैको सोच विदेश जाने नै हुने गरेको । १२ पास गरेपछि विदेश जाने एक किसिमको फेसन बनेको छ । अहिले नेपालमा अबसर नभएको हैन । तर, सबैले त्यो अबसरको सदुपयोग गर्न नसकेको उनको ठम्याइ छ । कतिपय अवस्थामा राज्यको आर्थिक तथा राजनीतिक चुनौती पनि युवा विदेशिने कारक रहेको उनको भनाई छ ।

महिलालाई काम गर्न अझै समस्या रहेको उनको अनुभव छ । यद्यपि, उनलाई परिवारले साथ र सहयोग गरेका कारण झण्डै तीन दशक नबिलमा बिताइसकेकी छिन् । महिला भएकै कारणले नबिल बैंकमा त्यस्तो भेदभाव झेल्नु पर्ने अवस्था नआएको र अबसर पाएको उनले बताइन् ।

‘सबैभन्दा ठुलो कुरा मिहेनत हो कामप्रति लगनशील भएर लाग्यो भने सफल अवश्य भइन्छ’ उनी भन्छिन् । २८ वर्ष लामो बैंकिङ करियरलाई उच्च पदमा पुगेर विश्राम लिने सोच विनिशाको छ । महिलाहरु माथिल्लो स्तरसम्म पुग्नलाई घरबाट साथ समर्थन, पढाई साथै आफुमा पनि गर्छु भन्ने विश्वास पनि त्यत्तिकै महत्वपुर्ण हुन्छ । त्यसका साथै महिलामा नेटवर्किङ क्षमता पनि वृद्धि हुन जरुरी भएको उनको ठम्याइ छ ।

२८ वर्षसम्म नबिल बैंकमा बस्नुको धेरै कारणहरु रहेको खुलाउँदै उनले भनिन् ‘आर्थिकदेखि मेरो व्यक्तिगत तथा प्रोफेशनल जीवनमा महत्वपूर्ण भुमिका नबिलले खेलेको कारणले गर्दा मैले बैंक छोड्न नसकेको हो ।’