६ भदौ २०८३, शनिबार 1787388088
Banner

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, ६ चैत : प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।

नेपालको संविधानको धारा, ९४ अनुसार संसद्मा कुनै प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपूरक सङ्ख्या आवश्यक हुने जनाउँदैै सांसद देवप्रसाद तिमल्सेनाले सभामुखको ध्यानाकर्षण गर्नुभएको थियो । तीन मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्दा गणपूरक सङ्ख्या पुग्न ६९ आवश्यक पर्नेमा बैठकमा उपस्थित सांसदको सङ्ख्या ६६ रहेकाले बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।