२८ भदौ २०८३, आइतबार 1789337463
Banner

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता

काठमाडौँ । बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी समूहले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइएको छ।

सबै प्रक्रिया पुरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज सो निर्णय गरिएको जानकारी गराएको छ। मालपोत ऐन २०३४ को दफा २४ को व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको कार्यालयका प्रमुख छविलाल नेपालीले जानकारी दिए। २०४३ सालमा विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा च्याम्पियन फूटवेयर कम्पनी खडा गरेर प्रति रोपनी २ लाख ५० हजारका दरले ६ रोपनी जग्गा कम्पनीको नाममा गरिएको थियो ।

मालपोतको सो निणर्यसँगै व्यवसायी विनोद चौधरी दाजुभाइको नाममा रहेको १० रोपनी जग्गा सरकारीकरण हुने भएको हो ।