५ आश्विन २०८३, सोमबार 1790017025
Banner

दुर्गा प्रसाईंको बि एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंको झापाको बिर्तामोडमा रहेको बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएको भएमा बि एण्ड सी मेडिकल कलेजलाई सञ्चालनका लागि सम्बन्धन दिन आदेश जारी गरेको हो । अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट आशयपत्र (एलओआई) पाएर संरचना निर्माण गरे पनि अनुमति नदिएको भन्दै झापाको बि एन्ड सी मेडिकल कलेजको तर्फबाट व्यवसायी प्रसाईंले काठमाडौं विश्व विद्यालय र चिकित्सा शिक्षा आयोगविरुद्धसर्वोच्चमा रिट दायर गरेका थिए ।