२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:50 pm
Banner

कर्णालीमा हाम फालेर बेपत्ता भएका युवा मृत भेटिए

सूचना प्रेस २०८० चैत्र १३ मंगलबार ००:००, ०७:१२ बजे १ मिनेट पढाइ

काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।

पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिएको थियो ।