५ आश्विन २०८३, सोमबार 1790013768
Banner

सम्पर्कविहीन रहेका २३ प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।