१६ श्रावण २०८३, शनिबार 1785567782
Banner

धारिलो हतियार प्रहार गरी युवकले गरे श्रीमतीको हत्या

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भई  हाल अस्थायी रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र उपचारकाक्रममा मृत्यु भएको घोषणा चिकित्सकले गरेको प्रहरीले जनाएको छ।

श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको  छ। शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।