३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:57 am
Banner

उपनिर्वाचनअन्तर्गत आज अन्तिम नामावली प्रकाशन गर्ने

सूचना प्रेस २०८० चैत्र २६ सोमबार ००:००, ०६:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ ।

आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपराह्न ३ बजेपछि बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।

आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।