२७ भदौ २०८३, शनिबार 1789243058
Banner

सिंहदरवारमा सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुबीच छलफल सुरु

काठमाडौं-सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल शुरु गर्नुभएको छ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको हो।

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्छ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गर्दै आएको छ।