२८ भदौ २०८३, आइतबार 1789327349
Banner

भारतमा जीप दुर्घटना हुँदा सात जना नेपालीको मृत्यू

काठमाडौं- भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुका कहाँबाट कहाँ जान लागेका हुन् भन्ने खुलेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्। दुर्घटनामा छोटु चौधरी र जनक घाइते भएका छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।