७ जेष्ठ २०८३, बिहिबार 1779398987
Banner

आजदेखि माइतीघरदेखि बानेश्वरसम्मको निषेधित क्षेत्र हटने

काठमाडौं । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिवारदेखि हटाइने भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो एक सूचना जारी गर्दै गत फागुन ४ गते लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। 

गृहमन्त्री रवि लामिछानेले नयाँ बर्ष संगै तीन सुरुवात गरेको जानकारी गराउनु भएको छ । उहाँका अनुसार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।

यसैगरी ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

गृहमन्त्री  लामिछानेले लेख्नु भएको छ- शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।

​​​​​​​