२८ भदौ २०८३, आइतबार 1789338013
Banner

एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज छलफल हुन लागेको हो।

शनिबारको बैठकमा राजनीतिक प्रतिवेदन पेस अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको बताएका थिए। बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ ।

छलफलपछि आजै बैठक समापन गर्ने एमालेको तयारी भएपनि भोलि ७५ बर्ष एमालेको स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।