२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:51 am
Banner

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

सूचना प्रेस २०८१ बैशाख ९ आइतबार ००:००, १६:५८ बजे १ मिनेट पढाइ

काठमाडौं। सर्वोच्च अदालतले रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्ने नभ्याइने’ सूचीमा राखेको हो ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको थियो ।

चौधरी अध्यक्षमा निर्वाचन भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठनै भएको ठहर गरेको थियो । आयोगको सो निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।