२७ भदौ २०८३, शनिबार 1789238154
Banner

पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरवबाट’ सम्मानित गरिने

काठमाडौ। पूर्व राष्ट्रपति विद्या भण्डारी गणतन्त्र गौरवबाट सम्मानित हुनुहुने भएको छ। नेकपा एमाले महाधिवेशन प्रतिनिधिपरिषदको आइतबारको बैठकले उहाँले यस्तो सम्मान दिने निर्णय गरेको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिनु भयो।

एमालेले यस पटक गणतत्त्रनमा विशिष्ट योगदान पु¥याएका लाई यस्तो सम्मान गर्ने घोषणा गरेको थियो । भट्टराईका अनुसार सोमबार कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर यस्तो सम्मान गर्न लागेको हो। हरेक वर्षको अप्रिल १० मा सो पार्टीले नेकपाको स्थापना दिवस मनाउँदै आएको छ। यस पटक नेकपा स्थापनाको हीरक महोत्सवको आवसरमा उहाँलाई सम्मान गर्न लागेको हो ।

पूर्ब राष्ट्रपति भण्डारी नेपालको गणतन्त्रको इतिहासमा दोस्रो र पहिलो महिला राष्ट्रपति हुनुहन्छ ।