७ मंसिर २०८१, शुक्रबार 1732329472
Banner

बझाङमा थालियो मतगणना

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु गरिएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि मतगणना थालिएको हो ।

छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । दुई स्थानमा मतगणना गरिएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

बझाङ–१ ‘क’मा ६१ हजार ७४८ मतदाता रहेकामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा ९एकीकृत समाजवादी०का दिलबहादुर सिंहसहित ११ उमेदवार प्रतिस्पर्धामा छन् ।