२ कार्तिक २०८१, शुक्रबार 1729263931
Banner

अत्याधिक गर्मीका कारण बुटवलका विद्यालय आज र भोलि बिदा

काठमाडौं । बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा दुईदिन बिदा दिने निर्णय गरेको छ । केही दिनयता अत्यधिक गर्मी बढेपछि उपमहानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

योसँगै आज र भोलि विद्यालयहरू बन्द रहनेछन् । गर्मीसँगै तातो हावा चल्न थालेका कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले विद्यालयहरूले गर्न पाउने वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिने निर्णय भएको उपमहानगरले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित कक्षा १२ का परीक्षाहरू भने नियमितरूपमा सञ्चालन हुनेछन् ।