२७ आश्विन २०८३, मंगलबार 3:07 pm
Banner

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठेर लगातार अवरोध गरेपछि बैठक आइतबार सम्मका लागि स्थगित गरिएको हो।

सहकारी ठगी प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध पार्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि चल्न नदिएको हो। बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो।