५ मंसिर २०८१, बुधबार 1732108321
Banner

संसद खुलाउने बिषयमा कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग छलफल फेरि छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस नेताहरुलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्रीको व्यस्ततका कारण आज बिहानका लागि बैठक सारिएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ। बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले संवाद र छलफललाई पुनः अघि बढाएका हुन् ।