४ आश्विन २०८३, आइतबार 1789903829
Banner

प्रतिनिधिसभाको बैठक २ बजेपछि बस्ने

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

“आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ ।