२८ जेष्ठ २०८३, बिहिबार 1781182849
Banner

सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छ: उपप्रधानमन्त्री महासेठ

काठमाडौँ-उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताउनु भएको छ।

सोमबार काठमाडौँमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यातायातमन्त्री महासेठले यस्तो बताउनु भएको हो।

उपप्रधानमन्त्री महासेठले हिमाल, पहाड र तराईको संगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताउनु भयो। उहाँले नेपाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने बताउनु भयो। उहाँले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्त्व दिएर जान अहिलेसम्म नसकेको बताउनु भयो।

उहाँले सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो। उहाँले सरकारको लागि चलचित्र क्षेत्र देश चिनाउने महत्त्वपूर्ण क्षेत्र भएको बताउनु भयो।