५ मंसिर २०८१, बुधबार 1732102211
Banner

सहकारी छानबिन गर्ने कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो । कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका ज्ञानेन्द्र कार्की र जीवन परियार र रास्वपाका शिशिर खनाल सहभागी छन् ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।