५ मंसिर २०८१, बुधबार 1732093803
Banner

आरजुले भनिन्, मैले ५० हजारमा टीकापुरमा जग्गा किनेको हुँ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिनुभएकाे छ । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे-  ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’

उहाँले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताउनुभयाे ।