२३ भाद्र २०८१, आइतबार 1725779726
कला/साहित्य

बेलायती प्रधानमन्त्रीलाई नेपालको विश्वकप क्रिकेट जर्सी उपहार

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपालको टी ट्वान्टी विश्वकप क्रिकेट जर्सी उपहार दिइएको छ। नेपाल बेलायत मैत्री सन्धीको शतवार्षिकीका अवसरमा टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा सोमबार साँझ आयोजित विशेष समारोहका बेला सुनक नामाङ्कित १० नम्बरको नेपाली जर्सी उनलाई हस्तान्तरण गरिएको हो।

नेपालीक्रिकेट विकासका लागि पहल गर्दै आएका लन्डनस्थित ट्रेड एण्ड इन्भेस्टमेन्ट कन्सल्टेन्ट प्रशान्त कुँवरले बेलायती प्रधानमन्त्रीलाई नेपाली जर्सी उपहार दिएका हुन्। सो अवसरमा चर्चित अभिनेत्री मनिषा कोइराला समेत साथमै थिइन्।

नेपाली क्रिकेट जर्सी ग्रहण गर्ने क्रममा खुशी व्यक्त गर्दै बेलायती प्रधानमन्त्री सुनकले आफू क्रिकेटको ठूलो फ्यान रहेको बताएका थिए। उनले नेपाली क्रिकेट भावी दिनमा थप सफल बन्दै जाने शुभेच्छा पनि प्रकट गरेका थिए।