२ कार्तिक २०८१, शुक्रबार 1729289365
Banner

बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि सान्दर्भिक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्दा राष्ट्रिय एकता र आपसी सद्भावले उचाइ हासिल गर्ने बताएका छन्।

विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न जनताको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे। ‘नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ।’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु।’