२ कार्तिक २०८१, शुक्रबार 1729311130
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्र खनाल नियुक्त

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी पद (सिइओ)मा देवेन्द्ररमण खनाल नियुक्त हुनु भएको छ ।
कम्पनी सचिव हेमराज खरेलले आज जारी गरेको सुचना अनुसार खनाललाई बैंक सञ्चालक समितीको आजको बैठकले सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले जारी गरेको सुचना अनुसार खनाललाई चार वर्षका लागि सिइओमा नियुक्त गरिएको हो । यस अघिका सिइओ किरण श्रेष्ठको समयअवधी सकिएपछि बैंकले खुला प्रतिष्पर्धाका लागि आह्वान गरेको थियो । गोरखाको गोरखा नगरपालिका खनाल विगत १७ वर्ष देखि राष्ट्रिय वाणिज्य वैंकमा कार्यरत हुनुहुन्थ्यो । कमर्समा स्नात्तोकत्तर गर्नु भएका ५१ वर्षीय वर्षीय खनालले कानुनका स्नतात्तक गर्नुभएको छ ।